काठमाडौं - साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३२ अंकले घटेर २६६९.८२ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३०३ कम्पनीको ८७ लाख ६८ हजार ५५६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड ३३ लाख २० हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा नौ उपसूचक राताम्मै भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा एनएआरएन इन्फ्रस्ट्रक्चरको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ९।९० प्रतिशतले घटेको हो । त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआइसी)को ३.५९ प्रतिशतले सेयर मूल्य घटेको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १८ करोड ९६ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सानिमा माइ हाइड्रोपावरको १८ करोड ७६ लाख ७० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन जानकी फाइनान्सको १७ करोड १७ लाख ४४ हजार रुपैयाँ , हिमालयन लिस्टीलरीको १२ करोड २७ लाख ६६ हजार रुपैयाँ, नेपाल एसबिआइ बैंकको १० करोड ७८ लाख ८९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया