प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

विहीबार, २७ मंसिर २०८१, ११ : ३६

काठमाडौं - प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ३५ हजार ३०१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । 

यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

विहीबार, २७ मंसिर २०८१, ११ : ३६

प्रतिक्रिया