काठमाडौं - माछापुच्छ्रे बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।
बैंकले एक सूचना जारी गर्दै ५ वर्षभन्दा अगावै सम्पन्न साधारण सभाबाट पारित भएको आव २०७५र७६ सम्मको नगद लाभांश बुझिलिन आग्रह गरेको हो ।
सूचना प्रकाशित भएको १ महिनाभित्र काठमाडौंको बाघदरबारमा रहेको जोडिए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको सेयर विभागमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्ने बैंकले बताएको छ ।
उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया