आजबाट बुढानीलकण्ठ हेरिटेजको हकप्रद शेयर बिक्री खुला

विहीबार, २७ मंसिर २०८१, १३ : १६

काठमाडौं  - बुढानीलकण्ठ हेरिटेजले आफ्ना संस्थापक शेयरधनीहरुका लागि आज मंसिर २७ गतेबाट हकप्रद शेयर बिक्री खुला गरेको छ।

कम्पनीले हाल कायम चुक्तापुँजीको २९.५६ प्रतिशत अर्थात १ः०२९५६ को अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको हो। मंसिर १४ गते सम्पन्न कम्पनीको छैटौँ वार्षिक साधारणसभाले हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो।

कम्पनीका संस्थापक शेयरधनीहरुले पुस २ गतेसम्म हकप्रद शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। मंसिर १४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै हकप्रद शेयर खरिदका लागि निवेदन पाउनेछन्।

इच्छुक संस्थापक शेयरधनीहरुले १०० रुपैयाँ अंकित दरले एकमुष्ट रकम कम्पनीको बैंक खातामा जम्मा गरी सोको भाउचर ई–मेलमा पठाई हकप्रद शेयर सुरक्षित गर्न सक्नेछन्।

 

विहीबार, २७ मंसिर २०८१, १३ : १६

प्रतिक्रिया