काठमाडौं - साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.४२ अंकले घटेर २६८२.२९ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३०४ कम्पनीको १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १४ करोड ४० लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा ११ उपसूचक राताम्मै भएको छ ।
यस दिन बजारमा गिरावट जानकी फाइनान्सको सेयरमा नकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ । त्यसैगरी, इङ्वा हाइड्रोपावरको ६.४३ प्रतिशत, इमर्जिङ पावरको ६.२४ प्रतिशत, स्वाभिमान लघुवित्तको ६.०६ प्रतिशतले सेयर मूल्य घटेको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी जानकी फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २६ करोड १२ लाख १४ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सर्वोत्तम सिमेन्टको ५१ करोड ५२ लाख २२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन जोशी हाइड्रोपावरको १५ करोड २२ लाख ८३ हजार रुपैंया, मोलुङ हाइड्रोपावरको १४ करोड १५ लाख २० हजार रुपैयाँ, यूनाइटेड इदी मार्दी हाइड्रोपावरको १३ करोड ४८ लाख रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया