डिप्रोक्स लघुवित्तको १० प्रतिशत लाभांश घोषणा

शुक्रबार, २८ मंसिर २०८१, ११ : ३९

काठमाडौं - डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ ।

यस संस्थाको मंसिर २७ गते बसेको सञ्चालक समिति बैठकले ९.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५० नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

यसअघि लघुवित्तले आर्थिक वर्ष २०७९\८० को नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।  

 

शुक्रबार, २८ मंसिर २०८१, ११ : ३९

प्रतिक्रिया