ज्योति विकास बैंकका सेयरधनीहरुको हात खाली

शुक्रबार, २८ मंसिर २०८१, १२ : १४

काठमाडौं - ज्योति विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

मंसिर २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले मुनाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले आर्थिक वर्षको लेखापरीक्षण सहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

 

 

शुक्रबार, २८ मंसिर २०८१, १२ : १४

प्रतिक्रिया