तारागाउँ रिजेन्सी होटल्सले डाक्यो साधारण सभा

शुक्रबार, २८ मंसिर २०८१, १३ : ०४

काठमाडौं - तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले पुस २४ गते २८ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । 

उक्त सभा नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा आयोजना गर्ने जनाएको हो। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने, सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने १ सञ्चालकको नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ७ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने भएको छ। 

यस अनुसार पुस ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


 

शुक्रबार, २८ मंसिर २०८१, १३ : ०४

प्रतिक्रिया