काठमाडौं - अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी लिमिटेडले नवौं वार्षिक साधरण सभा पुस २६ गते गर्ने भएको छ ।
सभा लिसारा रिसेप्सन भगवतीबहाल नक्सालमा बिहानको १० बजे सुरु हुने जनाएको छ ।सभाले आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले संस्थापक समूहका ४ जना संचालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ८ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ ।
यस बुक क्लोजको आधारमा पुस ७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया