काठमाडौं - विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १९ गते दशौं वार्षिक साधारण सभा गर्ने भएको छ ।
संस्थाको मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल मेलम्ची क्याफे, सिन्धुपाल्चोकमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष पनि कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेको छैन ।
संस्थाले एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरू गाभ्ने र गाभिने तथा प्राप्ति वा समाहित हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त संस्थाहरू पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने गाभ्ने र गाभिने तथा प्राप्ति र समाहितसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्यहरू गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गर्ने प्रस्ताव पारित गर्नेछ ।
संस्थाले साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया