यस साता १.९ प्रतिशतले घट्यो नेप्से, धेरै गुमाउनेमा जीवन बीमा कम्पनी

शनिबार, २९ मंसिर २०८१, १३ : ०७

काठमाडौं - यस साता नेप्से परिसूचक १.९ प्रतिशतले घटेर २६८२.२९  विन्दुमा पुगेको छ। यस हप्ता सेयर ५ दिन खुलेका थियो । गत साता २७३४.९३ विन्दुमा भएको बजार यो साता १.९ प्रतिशतले २६८२.२९  विन्दुमा पुगेको छ। 

साताको पहिलो दिन आइतबार नेप्से ४५.९३ अंकले घटेको बजार सोमबार १२.८४ र मंगलबार ६.३२ अंकले बजार घट्यो । बुधवार ४५.८८ अंकले बढ्यो र अन्तिम दिन बिहीबार ३३.४२ अंकले घट्यो ।

यस साता ५ कारोबार दिनमध्ये चार कारोबार दिन नेप्से घटेको हो भने एब कारोबार दिन नेप्से बढेको थियो । आइतबार ७ अर्ब ३५ करोडको कारोबार भएको थियो । सोमबार ५ अर्ब ५६ करोड, मंगलबार ४ अर्ब ३६ करोड, बुधवार ४ अर्ब ९५ करोडको कारोबार भयो । बिहीबार भने थोरै बढेर ६ अर्ब ८५ लाखको कारोबार भएको छ । 

यो साता उत्पादनबाहेक सबै उपसमूहका सूचक घटे । सबैभन्दा धेरै जीवन बिमा उपसमूहको सूचक घटेको छ । यो उपसमूह ५.८८ प्रतिशतले घट्यो भने फाइनान्स ३.२ प्रतिशत, बैंकिङ ०.९० प्रतिशत र हाइड्रोपावर १.९ प्रतिशतले घट्यो । 

साताको पहिलो कारोबार दिन नेप्से ४५.९३ अंकले घटेर २६८९ को विन्दुमा कायम भएको थियो  । यस दिन नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४६ करोड ३ लाख ४ हजार रुपैयाँको कारोबार भएको थियो । 

साताको दोस्रो कारोबार दिन नेप्से १२.८४ अंकले घटेर २६७६.१५ को विन्दुमा कायम भएको थियो । यस दिन नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको १ करोड १५ लाख २३ हजार ३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार रुपैयाँको कारोबार भएको थियो । 

साताको तेस्रो कारोबार दिन नेप्से ६.३२ अंकले घटेर २६६९.८२ को विन्दुमा कायम भएको थियो । यस दिन नेप्सेमा कारोबार भएको ३०३ कम्पनीको ८७ लाख ६८ हजार ५५६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड ३३ लाख २० हजार रुपैयाँको कारोबार भएको थियो ।

साताको चौथो कारोबार दिन नेप्से ४५.८८ अंकले बढेर २७१५.७१ को विन्दुमा कायम भएको थियो । यस दिन नेप्सेमा कारोबार भएको ३०८ कम्पनीको १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५ करोड ६ लाख ५४ हजार रुपैयाँको कारोबार भएको थियो  ।

साताको अन्तिम कारोबार दिन नेप्से ३३.४२ अंकले घटेर २६८२.२९ को विन्दुमा कायम भएको थियो । यस दिन नेप्सेमा कारोबार भएको ३०४ कम्पनीको १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १४ करोड ४० लाख ६५ हजार रुपैयाँको कारोबार भएको थियो । 

शनिबार, २९ मंसिर २०८१, १३ : ०७

प्रतिक्रिया