काठमाडौं - गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स ले बिक्री खुला गरेको आइपीओमा २३ करोड ४१ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
आज बिहानसम्म ४२ हजार ९१५ जनाले २३ लाख ४१ हजार ५८० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीका लागि मात्र खुला गरिएको आइपिओमा परेको यो आवेदन मागभन्दा १०.४० गुणाले बढी हो ।
कम्पनीले मंसिर १९ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया