काठमाडौं - सानिमा माई हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा पुस २८ गते आइतबार बोलाएको छ।
कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको सुकेधारास्थित सेलिव्रेशन हाईटमा बिहान ११ बजेदेखि सभा बोलाएको हो। सभामा चुक्ता पुँजीको आधारमा १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेस हुनेछ।
यस्तै गत आ.व.को वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पेस गरिनेछ।
त्यसै गरी अन्य उपयुक्त कम्पनीसँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।
सभा प्रयोजनार्थ कम्पनीले पुस ९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया