काठमाडौं - शिवम सिमेन्टले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको मंसिर २७ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको कुल ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसमा ८.५५ प्रतिशतले हुन आउने ४२ करोड ९८ लाख ८ हजार ५०० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशतले हुन आउने २ करोड २६ लाख २१ हजार ५०० रुपैयाँ बराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले यही पुस २९ गते वार्षिक साधारण सभा डाकेको छ। सभा काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहको सिटी हलमा बिहान ९ बजेबाट सुरु हुनेछ।
लाभांश र वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गत बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
प्रतिक्रिया