लुम्बिनी विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

सोमबार, ०१ पुस २०८१, १३ : ०९

काठमाडौं - लुम्बिनी विकास बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले ट्रेनी जूनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । 

कम्पनीले केन्द्रीय कार्यालय, विभिन्न शाखा तथा प्रादेशिक शाखाका लागि कर्मचारी माग गरेको जनाएको छ । उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तथा स्नातकोत्तर गरेको हुनुपर्ने जनाएको छ । 

इच्छुक तथा योग्यता पुगेकाले पुस ३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

सोमबार, ०१ पुस २०८१, १३ : ०९

प्रतिक्रिया