शेयर बजार

नेप्सेमा ५१.३७ अकंको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

सोमबार, ०१ पुस २०८१, १५ : १२

काठमाडौं - साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१.३७ अकंले घटेर २६३०.९१ बिन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको ३०४ कम्पनीको १ करोड २७ लाख ४५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९३ करोडको  रुपैयाँको कारोबार भएको छ ।

यस दिन बजारमा गिरावट आउँदा  १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.४९ प्रतिशत, विकास बैंक समूहको २.०३ प्रतिशत, फाइनान्स समूहको ४.४१ प्रतिशत, होटल तथा पर्यटन समूहको २.३१ प्रतिशतले शेयर मूल्य घटेको छ ।

Capture

Capture

सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा एनआरएन इन्फ्रास्टक्चर एण्ड  डेभलपमेन्टको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २६ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको जोशी हाइड्रोपावरको १८ करोड ९ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन जानकी फाइनान्सको १८ करोड ४९ लाख रुपैयाँ, हिमालयन रि इन्स्योेरेन्सको १५ करोड २३ लाख रुपैयाँ र नेपाल फाइनान्सको १२ करोड रुपैयाँको कारोबार भएको हो ।

Capture

 


 

सोमबार, ०१ पुस २०८१, १५ : १२

प्रतिक्रिया