सामुद्री छालमा मलिनाको मस्ती

मंगलबार, १४ जेठ २०७६, १४ : ०४


बेलाबेला फिल्म वृत्तमा प्रेमको विषयले निकै चर्चा पाउँछ । यतिबेला अभिनेत्री मलिना जोशीको प्रेमको विषयलाई लिएर सञ्चारमाध्यमले गसिफ बनाउन थालेका छन् ।

केही दिनयता जोशी आफ्ना नयाँ प्रेमी सुशान्त प्रधानसँग थाइल्यान्डमा रमाइरहेकी छन् । उनले सामाजिक सञ्जालमा सुशान्तको तस्बिर सेयर गरेकी छन् । उनले थाइल्यान्डको सामुद्रिक तटमा खिचिएको निकै आकर्षक ग्ल्यामर फोटो सेयर गरिरहेकी छन् ।

मलिना कुनै समय अभिनेता अनुपविक्रम शाहीसँग प्रेम थिइन् । उनीहरुले खुल्लमखुल्ला फोटो सेयर गर्थे, सामाजिक सञ्जालमा । तर, उनीहरुको प्रेम धेरै लामो समयसम्म टिक्न सकेन ।

त्यस्तै, अनुपसँगको प्रेम टुटेपछि उनको अभिनेता सारुख ताम्राकारसँग प्रेम थियो । तर, उनीहरु आपसका प्रेममा नरहेको दाबी गर्थे । 
अनुपसँगको ब्रेकअपपछि उनी सुशान्त प्रधानसँग प्रेममा चुर्लुम्म डुबेकी छन् । अहिले उनीहरुको जोडी निकै रमाइरहेको छ ।

मंगलबार, १४ जेठ २०७६, १४ : ०४

प्रतिक्रिया