मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा

मंगलबार, ०२ पुस २०८१, ११ : ३५

काठमाडौं - मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको छ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी जम्मा ७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

अब उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो सेयरधनीहरुमा वितरण गरिनेछ।

मंगलबार, ०२ पुस २०८१, ११ : ३५

प्रतिक्रिया