चिलिमे हाइड्रोपावरद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

मंगलबार, ०२ पुस २०८१, ११ : ३८

काठमाडौं - चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता १० प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) गरी जम्मा १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सोही लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुकक्लोज गर्ने भएको छ। 

यसर्थ पुस १४ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

मंगलबार, ०२ पुस २०८१, ११ : ३८

प्रतिक्रिया