आइपीओ निष्कासन गदै आइएमई लिमिटेड

मंगलबार, ०२ पुस २०८१, ११ : ५९

काठमाडौं - नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । 

सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले हस्ताक्षर गरेका हुन ।

आइएमईले प्रति सेयर १ सय रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता बापतको १२ करोड ५० लाख ६६ हजार ७ सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो ।

सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।

 

 

मंगलबार, ०२ पुस २०८१, ११ : ५९

प्रतिक्रिया