माउण्टेन इनर्जीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

मंगलबार, ०२ पुस २०८१, १२ : ०७

काठमाडौं – माउण्टेन इनर्जी नेपाल लिमिटेडले सेयरधनीहरुका लागि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीको १ पुसमा बसेको साधारण सभाले गत वर्षको नाफाबाट हुने बोनस वितरण पश्चात कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब २६ करोड ३२ लाख रुपैयाँ छ । बोनस वितरण पश्चात कम्पनीको चुक्ता पुँजी दुई अर्ब ६० करोड २७ लाख १५ हजार कायम हुने कम्पनीले जनाएको छ ।

सो चुक्तापुँजीको १ः०.५० को अनुपातमा हुने गरी एक अर्ब ३० करोड १३ लाख ५७ हजार रुपैयाँको एक करोड ३० लाख १३ हजार ५ सय ७८ कित्ता हकप्रद शेयर जारी गर्ने निर्णय भएको कम्पनीले जनाइएको छ ।

मंगलबार, ०२ पुस २०८१, १२ : ०७

प्रतिक्रिया