शेयर बजार

नेप्सेमा २.९५ अंकको वृद्धि, यी कम्पनीको भयो सर्वाधिक कारोबार

मंगलबार, ०२ पुस २०८१, १५ : १५

काठमाडौं - साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.९५ अंकले बढेर २६३३.८७ को विन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको ८९ लाख ३९ हजार ३४८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा आठ उपसूचक हरियाली भएको छ ।

यस दिन बजारमा सुधार आउँदा सपोर्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी जानकी फाइनान्सको ९.८५ प्रतिशत, दोल्ती पावर कम्पनीको ९.०९ प्रतिशत, गुराँस लघुवित्तको ८.४२ प्रतिशतले सेयर मूल्य बढेको छ ।
सेयर बजारमा सामान्य सुधार आउँदा यी कम्पनीका लगानीकर्ता मालामाल

सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी जानकी फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २२ करोड २४ लाख ३ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल फाइनान्सको १५ करोड ८ लाख ११ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन रिभर फल्स पावरको १२ करोड ४५ लाख ३५ हजार रुपैंया, बेष्ट फाइनान्सको १० करोड ४ लाख ८४ हजार रुपैयाँ, दोल्ती पावर कम्पनीको ९ करोड ५७ लाख ४ हजार रुपैयाँको कारोबार भएको हो ।

मंगलबार, ०२ पुस २०८१, १५ : १५

प्रतिक्रिया