काठमाडौं - लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको छ ।
म्याद थप भएसँगै अब पुस १७ गतेसम्म आवेदन दिन सकिनेछ। यसअघि कम्पनीले आज पुस २ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो । तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले यस कम्पनीले हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको हो ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले मंसिर १२ गतेदेखि १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो । यसले १ सय अंकित मूल्यमा २ अब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ । एलआइसी नेपालले कात्तिक ९ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, कात्तिक ८ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर दाबी गर्न पाउनेछन् ।
यस हकप्रदमा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको स्टार मल, पुतलीसडक काठमाडौँ तथा देशभरका देशभरका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया