नेपाली गरिमाकाे बेल्जियम अवतार

मंगलबार, १४ जेठ २०७६, १५ : १४

नेपाली चलचित्र क्षेत्रमा कुनै बेलाकी व्यस्त नायिका हुन्, गरिमा पन्त । लाखौं दर्शकको मन जित्न सफल उनी अहिले चलचित्र क्षेत्रमा निष्क्रिय छिन् ।

शिव रेग्मीद्धारा निर्देशित चलचित्र ‘मनले मनलाई छुन्छ’ बाट उनले दर्शकको मन जितेकी थिइन् । यस्तै, अन्य दर्जनौं चलचित्रमा उनले अभियन गरेकी छन् । चलचित्र ‘झोला’ मा गरिमाले एक सय वर्ष पहिलेकी कान्छी पत्नी चरित्र निभाएकी थिइन् । चलचित्रमा निभाएको उक्त भूमिकाले गरिमालाई विभिन्न अवार्ड तथा सम्मान पनि दिलायो ।

उनी केही वर्षयता चलचित्रको पर्दाबाट टाढा छिन् । बिहेपछि उनी आफ्ना पतिसँग बेल्जियममा बस्छिन् ।उनी सामाजिक सञ्जालमा सक्रिय छिन् ।

विवाहअघि निकै 'सोझी नायिका' काे उपमा पाएकी गरिमा पछिल्लो समय निकै 'बोल्ड' देखिएकी छन् । उनले सेयर गर्ने फोटोमा उनको 'बोल्डनेस' झल्किन्छ ।

गरिमाले हालै मात्र इन्स्टाग्राममा आफ्ना फ्यानका लागि फोटो पोस्ट गर्दै श्रीमान्सँग खुसी रहेको बताएकी छन् ।

मंगलबार, १४ जेठ २०७६, १५ : १४

प्रतिक्रिया