बोटलर्स नेपालको सेयर कारोबार तीन दिनका लागि रोक्का

मंगलबार, ०२ पुस २०८१, १५ : ४१

काठमाडौं - नेप्सेले बोटलर्स नेपाल लिमिटेड बालाजुको सेयर कारोबार ३ दिनका लागि रोक्का गर्ने निर्णय गरेको छ । 

कम्पनी सञ्चालक समितिको बैठकले गत मंसिर ५ गरे गरेको लाभांश सम्बन्धी निर्णय समयमा पेस नगरेको भन्दै नेप्सेले बोटलर्स नेपाललाई कारबाही गरेको जनाएको छ। बोटलर्स नेपालले मंसिर ५ गते बैठक बसेर गरेको लाभांश वितरण नगर्ने सम्बन्धी निर्णय नेप्सेमा पुस २ गते मात्र पेस गरेको पाइएको छ । 

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१)मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेस गर्नुपर्ने छ भन्ने व्यवस्था रहेकोले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले कम्पनीको सेयर कारोबार रोक्का राखेको हो ।

उक्त विनियमावलीको विनियम १६ (१)(ख)मा भएको व्यवस्था अनुरूप पुस २ गतेको निर्णयअनुसार त्यस कम्पनीको धितोपत्रको कारोबार स्थगन गरिएको साथै यो पत्र प्राप्त भएको मितिले ३ कार्य दिन भित्र के कति कारणबाट समयमा नै नेप्सेमा जानकारी दिन नसकेको र  सो सम्बन्धमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

6761442432ec0.png

मंगलबार, ०२ पुस २०८१, १५ : ४१

प्रतिक्रिया