काठमाडौं - नागीडाँडा ग्रीनहिल्स लिमिटेडले आइपिओ निष्कासनको प्रस्तावसहित पुस २२ गते साधारण सभा बोलाएको छ ।
सभा कम्पनीको रजिस्ट्रार कार्यालय, स्वयम्भू, काठमाडौँमा बिहान ११ बजे बस्ने भएको छ। सभामा कम्पनीले आइपिओ प्रस्ताव पेस गर्नेछ गर्नुको साथै आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल गर्ने भएको छ।
साथै,आर्थिक वर्ष २०८१\८२ सम्मका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको समेटिएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया