काठमाडौं- पाँचथर पावर कम्पनीले आफ्ना शेयरधनीहरुलाई सतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ।
कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले हाल कायम चुक्तापुँजी ९६ करोड २५ लाख रुपैयाँको सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। हकप्रद जारी गर्ने अजेन्ड आगामी वार्षिक साधारणसभा वा विशेष साधारणसभाबाट पारित गरेपछि नियामकीय प्रक्रिया पूरा गरेर १०० रुपैयाँ अंकित दरका कुल ९६ लाख २५ हजार कित्ता हकप्रद जारी गर्ने कम्पनीले जनाएको छ।
कम्पनीले पाँचथर जिल्लाको हेवा खोलामा निर्माण सम्पन्न भएको हेवा खोला ए जलविद्युत आयोजना ९१४।९ मे।वा० परियोजनाका लागि सानिमा बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थासँग कर्जा सुविधा सम्झौता भई कर्जा लिएको थियो। कम्पनीले कर्जाको नियमित साँवा–ब्याज पनि भुक्तानी गरिरहेको थियो। तर, गत वर्ष असार २ गतेको अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले आयोजनामा क्षति पुर्याएको र मर्मतसम्भार गरी गत असोज १५ गतेबाट पुनः विद्युत उत्पादन सुचारु गर्ने लक्ष्य राखेकोमा पुनः असोज १० गतेको वर्षाले आयोजना क्षति पुगेको कम्पनीले जनाएको छ।
अब तत्काल आयोजना पुनः सञ्चालनमा ल्याउन संरचनाहरुको पुनर्निर्माण तथा मर्मतका लागि सहवित्तीयकरणमा सहभागी बैंकहरुसँग थप कर्जा लिई आयोजना पुनर्निर्माण भइरहेको कम्पनीले जनाएको छ। हाल बैंकको कर्जा भुक्तानी गर्ने उद्देश्यले चुक्तापुँजीको सतप्रतिशत हकप्रद ल्याउने निर्णय भएको कम्पनीले स्पष्ट पारेको छ।
प्रतिक्रिया