काठमाडौं - सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ ।
कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (कर समेत) गरी जम्मा १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लाभांश पारितको प्रस्तावसहित कम्पनीले पुस २६ गते रुपन्देहीमा रहेको होटल भिलासामा बिहान ११ बजे साधारण सभा बोलाएको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यसर्थ पुस ११ गतेसम्म कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।
प्रतिक्रिया