काठमाडौं - कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ ।
पुस ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत गत आवका लागि सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद गरी जम्मा १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् बैंकको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुमा वितरण गरिनेछ ।
प्रतिक्रिया