काठमाडौं - शैलेश्वरी पावर नेपाल लिमिटेडले आइपीओ प्रस्तावसहित पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा होटल ए वान प्यालेस शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेस गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।
साथै, आर्थिक वर्ष २०८१\८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
प्रतिक्रिया