काठमाडौं -साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.४३ अंकले घटेर २५९६.८२ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३१० कम्पनीको ९८ लाख ३२ हजार ३०८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड २ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा नारायणी डेभलपमेन्ट बैंकको सेयर सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.२१ प्रतिशतले घटेको छ । त्यसै गरी, मायाखोला हाइड्रोपावरको ६.६३ प्रतिशत, मानुषी लघुवित्तको ५.८० प्रतिशत, रिभर फल्स पावरको ५.७८ प्रतिशतले घटेको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी जानकी फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १७ करोड ६० लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको कर्णाली डेभलपमेन्ट बैंकको ११ करोड ४५ लाख ५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन नेपाल फाइनान्सको १० करोड २२ लाख ४३ हजार रुपैयाँ , एनआरएन इन्फ्रास्ट्रक्चरको ८ करोड ६ लाख २६ हजार रुपैयाँ, जोशी हाइड्रोपावरको ७ करोड ७२ लाख ५९ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रतिक्रिया