काठमाडौं - रसुवागढी हाइड्रोपावरले पुस २९ गते बाह्रौं वार्षिक साधारण सभा गर्ने भएको छ ।
कम्पनीको पुस ४ गते बिहान १० बजे बसेको सञ्चालक समितिको बैठकले उक्त सभा काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट महलमा बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस कारण बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
प्रतिक्रिया