विद्युत प्राधिकरणले माग्यो भारी संख्यामा कर्मचारी, कुन पदमा कति ? (सूचीसहित)

शुक्रबार, ०५ पुस २०८१, ११ : ३८

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी मागेको छ । नेपाल विद्युत प्राधिकरणमा अधिकृत र सहायकस्तर गरी १०८३ जनालाई रोजगारी खुलेको हो  ।

प्राधिकरणले शुक्रबार विभिन्न समूहका तह ७ देखि १० सम्मका अधिकृतस्तरमा १९५ जना र विभिन्न समूहका  ५ तह सहायकस्तरमा ८८८ जना खुला-समावेशी प्रतिश्पिर्धाबाट स्थायी नियुक्त गर्न  विज्ञापन गरेको छ ।

प्राधिकरणले प्रबन्धक, सहायक निर्देशक, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, कानुन अधिकृत, लेखा अधिकृत, चार्टड एकाउन्टेन्ट, इलेक्ट्रिक इन्जिनियर, इन्जिनियर, सर्भे इन्जिनियर, वातावरणविद्, जियोलिस्ट पदमा आवेदन खुलाएको हो।

त्यसै गरी मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर कम्युनिकेसन इक्विपमेन्ट अपरेटर लगायतका पदमा पनि दरखास्त आह्वान गरेको छ। योग्य तथा इच्छुक व्यक्तिले पुस २५ गतेसम्म र दोब्बर दस्तुर तिरेर माग ३ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन अनलाइन प्रणालीमार्फत दिनु पर्नेछ।

शुक्रबार, ०५ पुस २०८१, ११ : ३८

प्रतिक्रिया