काठमाडौं - कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं. ७४) ले मिति २०८१ साल पौष ४ गते बिहीबार नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडको कारोबार तथ्याकं अनुसार नेपालमा सञ्चालनमा रहेका धितोपत्र कारोबार गर्ने दलालहरू मध्ये कारोबार रकमको आधारमा प्रथम पटक एक नम्बरमा रहेको छ ।
उक्त दिनमा ब्रोकरले रु. ४५ करोड ९ लाख भन्दा बढी रकमको कारोबार गरेको कम्पनीका अध्यक्ष श्री प्रदिप के.सी.ले बताए । नेपाल धितोपत्र बोर्डद्वारा इजाजत प्राप्त तथा नेपाल स्टक एक्स्चेञ्च लिमिटेडको धितोपत्र दलाल सदस्यता प्राप्त यस ब्रोकरले मिति २०८० भाद्र १० देखि औपचारिक कारोबार शुभारम्भ गरेको थियो । कम्पनीले हाल काठमाडौं महानगरपालिका १०, बुद्ध नगर स्थित आफ्नो मुख्य कार्यालयबाट सेवा प्रदान गरिरहेको छ ।
कम्पनीले आफ्ना ग्राहकहरूलाई सर्वसुलभ र प्रविधिमैत्री रूपमा धितोपत्र ब्रोकरेज तथा निक्षेप सदस्य (डिपी) को सेवा प्रदान गरिरहेको प्रबन्ध सञ्चालक श्री शालिकराम अधिकारीले बताए ।
प्रतिक्रिया