मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै

शुक्रबार, ०५ पुस २०८१, १३ : ०६

काठमाडौं - मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको १९ औँ वार्षिक साधारण सभा पुस २७ गते बोलाएको छ । 

बैंकले सुनसरी उद्योग वाणिज्य संघ, धरानमा बिहान सभा गर्ने भएको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई ९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ५ प्रतिशत नगद लाभांश दिने भएको छ । 


कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष १६ गतेदेखि पुस २७ गतेसम्म शेयर दाखिल खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ । कर प्रयोजनाका लागि लेखा परीक्षक नियुक्ति गर्नुका साथै पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गर्ने भएको हो ।

शुक्रबार, ०५ पुस २०८१, १३ : ०६

प्रतिक्रिया