काठमाडौं - फिल्म ‘झिल्को’ १९ वैशाखमा प्रदर्शन हुने भएको छ । यसअघि चलचित्रको फस्ट लुक सार्वजनिक गर्दै ५ पुसमा प्रदर्शन मिति घोषणा गरिएको थियो।
चलचित्रमा सुनील पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल प्रमुख कलाकारका रूपमा रहेका छन्। मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या, त्यसले परिवार र समाजलाई पार्ने प्रभावबारे फिल्म बनेको हो ।
'झिल्को’ को पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरूणदेव जोशी र देवव्रतले तयार पारेका हुन्। निर्माता सुशीला आचार्य र रामगोपाल थापा हुन् भने कार्यकारी निर्माता उमेश पौडेल रहेका छन् ।
फिल्ममा दीपक बज्राचार्यको छायाङ्कन तथा चण्डीप्रसाद काफ्ले र दीपक शर्माको सङ्गीत छ । निमेश श्रेष्ठले सम्पादन गरेको फिल्म मिडिया फर कल्चर प्रा.लि.को प्रस्तुतिमा बनेको हो ।
प्रतिक्रिया