आईपीओ निष्कासन गर्दै शिव शंकर हाईड्रो, बिक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटल

शुक्रबार, ०५ पुस २०८१, १३ : ४४

काठमाडौं - शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले रु.१००\- अंकित दरका २५ लाख कित्ताले हुन आउने २५ करोड रुपैंया बराबरको आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी  सन्‌राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

उक्त सम्झौतामा लक्ष्मी सन्‌राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता कार्यक्रममा शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिपक राज जोशीको समेत उपस्थिति रहेको थियो ।

शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेड, शिव शंकर इन्भेष्टमेन्ट प्रा.लि. र जय गणेश इन्भेष्टमेन्ट प्रा.लि. एक आपसमा गाभिएर स्थापित भएको एक लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो, जसले मुख्यतया जलविद्युत, पूर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ । 

हाल कम्पनीले सानिगार्ड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट), बुङ्गल हाइड्रो लिमिटेड (१०.७ मेगावाट) र भिजन ईनर्जी एण्ड पावर लिमिटेड (५७.५ मेगावाट) नामक जलविद्युत कम्पनीहरूमा लगानी गरेको छ । उल्लिखित कम्पनीहरू मध्ये पहिलो तीन कम्पनीहरू सञ्चालनमा आइसकेको र प्राथमिक शेयर निष्कासनको प्रक्रियाका लागि नेपाल धितोपत्र बोर्डमा दर्ता भइसकेको छ ।

शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले साधारण शेयर निष्कासन पश्चात उक्त कम्पनीको चुक्ता पुँजी रु.१ अर्ब ५ करोड पुग्नेछ ।

शुक्रबार, ०५ पुस २०८१, १३ : ४४

प्रतिक्रिया