नेपाल चिया विकास निगमले आइपीओ जारी गर्ने

शुक्रबार, ०५ पुस २०८१, १४ : ०१

काठमाडौं - नेपाल चिया विकास निगम लिमिटेडले सर्वसाधारणलाई शेयर विक्री गर्ने प्रस्ताव राखेर पुस २९ गते सोमबार काठमाडौंमा साधारण सभा बोलाएको छ।

सभा होटल रोयलसिंधिं, कमलादीमा अपरान्ह ४ः३० बजे सुरु हुनेछ । यस साधारण सभामा प्रमुख रूपमा निगमको चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव र सर्वसाधारणमा शेयर विक्री गर्ने विषयमा छलफल गरिनेछ। उक्त प्रस्तावलाई पारित गर्ने निर्णय सभाले गर्नेछ। 

 

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गर्नेछ र चालू आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्ति र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित हुनेछ।

शुक्रबार, ०५ पुस २०८१, १४ : ०१

प्रतिक्रिया