महुली लघुवित्तको एफपीओमा कति पर्‍यो आवेदन ?

शनिबार, ०६ पुस २०८१, ११ : ३९

काठमाडौं - पहिलो दिनमा नै महुली लघुवित्तको एफपीओमा मागभन्दा बढी आवेदन परेको छ । 

सिडिएसका अनुसार आज अर्थात् पुस ५ गते साँझ ५ः०६ बजेसम्ममा ४९ करोड ८९ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यसमा ३ लाख ३६ हजार १२४ जना आवेदकहरूले ४९ लाख ८९ हजार २२० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा १०.४९ गुणा बढी हो ।

कम्पनीले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । जसअनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता सेयर निष्कासन भएको हो । यो एफपीओमा पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

यसमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

शनिबार, ०६ पुस २०८१, ११ : ३९

प्रतिक्रिया