काठमाडौं - यस साता नेप्से परिसूचक ८५.४७ अंकले घटेर २५९७.४९ विन्दुमा पुगेको छ। यस हप्ता सेयर चार दिन खुलेका थियो । गत साता २६८२.२९ विन्दुमा भएको बजार यो साता ३.१९ प्रतिशत अर्थात् ८५.४७ अंकले घटेर २५९७.४९ विन्दुमा पुगेको छ।
साताको पहिलो दिन आइतबार उधौली पर्व परेकाले सार्वजनिक बिदाका कारण शेयर कारोबार भएन । सोमबार नेप्से ५१.३७ अंकले घटेको बजार मंगलबार २.९५ अंकले बढ्यो । बुधवार ५.६ अंकले घट्यो र अन्तिम दिन बिहीबार ३१.४३ अंकले घट्यो ।
यस साता चार कारोबार दिनमध्ये तीन कारोबार दिन नेप्से घटेको हो भने एक कारोबार दिन नेप्से बढेको थियो । सोमबार ५ अर्ब ७९ करोडको कारोबार भयो । मंगलबार ४ अर्ब २९ करोड, बुधबार ४ अर्ब २१ करोड र बिहीबार ४ अर्ब ७० करोडको कारोबार भयो ।
यो साता व्यापार समूह सबैभन्दा धेरै २.७३ प्रतिशत घटेको छ । त्यसपछि फाइनान्स सेक्टर २.३१ प्रतिशत घटेको छ । त्यसैगरी लगानी समूह १.९५, हाइड्रोपावर १.५२ र डेभलपमेन्ट बैंक १.२५ प्रतिशत घटेका छन् । बजारका शक्तिशाली सेक्टर बैंकिङ ०.८२ प्रतिशत घटेको छ ।
साताको दोस्रो कारोबार दिन नेप्से ५१.३७ अकंले घटेर २६३०.९१ बिन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३०४ कम्पनीको १ करोड २७ लाख ४५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९३ करोडको रुपैयाँको कारोबार भएको थियो ।
साताको तेस्रो कारोबार दिन नेप्से २.९५ अंकले बढेर २६३३.८७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको ८९ लाख ३९ हजार ३४८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँको कारोबार भएको थियो।
साताको चौथो कारोबार दिन नेप्से ५.५० अंकले घटेर २६२८.२६ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१४ कम्पनीको ८१ लाख ४७ हजार ३२० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २७ करोड ८२ हजार रुपैयाँको कारोबार भएको छ ।
साताको अन्तिम कारोबार दिन नेप्से ३१.४३ अंकले घटेर २५९६.८२ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१० कम्पनीको ९८ लाख ३२ हजार ३०८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड २ हजार रुपैयाँको कारोबार भएको थियो ।
प्रतिक्रिया