काठमाडौं - सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले यस वर्ष सेयरधनीहरूलाई लाभांश नदिने भएको छ ।
संस्थाको शनिवार (पुस ६ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।यो सँगै सेयरधनीको हात खाली हुने भएको छ ।
साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंक समक्ष पेस गर्ने निर्णय गरेको हो । संस्थाले यसअघि आर्थिक वर्ष २०७८\७९ मा ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया