कालिका लघुवित्तको साधारण सभा पुस २९ गते

आइतबार, ०७ पुस २०८१, १२ : २२

काठमाडौं - कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते सोमबार, १५ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सो सभा बिहान ९ बजे सुरु हुनेछ। 

सभा होटल टास्क इन्टरनेशनलको सभाहर, पोखरा, बुद्धचोकमा गर्ने संस्थाले जनाएको छ । संस्थाको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सभाले हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

आइतबार, ०७ पुस २०८१, १२ : २२

प्रतिक्रिया