काठमाडौं - घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेडले पुस २७ गते बिहान ९ बजे साधारण सभा गर्ने भएको छ ।
कम्पनीले दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १५, भरतपुरमा अवस्थित होटल पौवामा साधारण सभा गर्ने भएको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सभामा पेस गर्दै छ । हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७.५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो।
यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ अर्ब ४२ करोड ५७ लाख ६४ हजार २७५ रुपैयाँ बराबरको ३ करोड ४२ लाख ५७ हजार ६४२.७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ। सभाले सो प्रस्ताव अनुमोदन गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । त्यस कारण पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
प्रतिक्रिया