लाभांश पारित गर्न ग्रीन भेन्चर्सले डाक्यो साधारणसभा

आइतबार, ०७ पुस २०८१, १२ : ५७

काठमाडौं - ग्रीन भेन्चर्स लिमिटेडले पुस २८ गते आइतबार छैटौंँ वार्षिक साधारण सभा गर्ने भएको छ । 

सभा रानी महल ब्याङक्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुने जनाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ०.५२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले बोनस वितरण पछि पूँजी वृद्धि हुने र सो सम्बन्धी व्यवस्था प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १४ गते आइतबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । 

त्यस कारण पुस ११ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

आइतबार, ०७ पुस २०८१, १२ : ५७

प्रतिक्रिया