काठमाडौं - गीतकार निर्मलराज पौडेलको “ चिरबिर चरी मायालु परी ”नामक गीत सार्बजनिक भएको छ ।
गीतमा पौडेलसंगै गायीका अस्मिता अधिकारीले स्वर दिएकी छिन् । मोहित मुनालको संगीत रहेको उक्त गीतमा दिपिका थापाको नृत्य रहेको छ । वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका हुन् ।
अग्रेजी नयाँबर्षको सन्दर्भ पारेर प्रेमील गित तयार पारिएको गीतकार पौडेलले बताए। उनले भने “नयाँ पुस्ताको रुचि र भावनालाई समेटने प्रयास गरिएको उक्त भिडियो निर्माणमा कुनै पनि संम्झौता गरेका छैनौ ।”
यसअघि गीतकार तथा गायक पौडेलको “छम्म नाचौँ - छप्प नाचौँ”, “यसपाली को तीज रमाइलो” र “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीतहरु पनि सार्बजनिक भएका थिए ।
प्रतिक्रिया