नेपाली लोक तथा दोहोरी क्षेत्रमा लामो समय देखि लाग्नु भएका र “बोलमाया” जस्तो अन्त्यन्तै मर्मस्पर्शी र सुपरहिट गीत दिनु भएका गायक तथा कलाकार प्रकाश सपुतको नया गीत ‘गलबन्दी‘ युट्युब ट्रेन्डिङ को शिर्ष स्थानमा आएको छ ।
निकै रोचक र ठट्यौली भाकामा माया प्रेमका कुरा सङालिएको भाकाले यसपालि भने भरपुर मनोरञ्जन दिने छ। बोलमाया कै केही दृश्यलाई समेटेर बनाइएको यो भिडियोमा अन्जली अधिकारी , प्रकाश सपूत लगायतका कलाकारले अभिनय गरेका छन।
शान्ति श्री परियार र प्रकाश सपुतको निकै मीठो स्वरमा सजिएको उक्त भाकामा शब्द सङ्गीत प्रकाश आफ्नै छ। यश अघिको बोलमाया गीत पनि शान्ति श्री परियार र प्रकाशले नै गाएका थिए ।
युट्युबको शिर्ष स्थानमा गीतलाई अहिलेसम्म २० लाख भन्दा धेरैपटक हेरिएको छ ।
प्रतिक्रिया