सेयर बजार

नेप्सेमा १३.५३ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

आइतबार, ०७ पुस २०८१, १५ : २५

काठमाडौं - साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५३ अंकले घटेर २५८३.२९ को विन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको ९१ लाख ८० हजार ७१८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा ११ उपसूचक राताम्मै भएको छ ।

यस दिन बजारमा गिरावट आउँदा पनि बाराही हाइड्रोपावर, पिपुल्स पावर लिमिटेड, न्यादी हाइड्रोपावर, सुपरमादी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

घटेको बजारमा चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी रिभर फल्स पावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २२ करोड ३ लाख ५४ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेकोजानकी फाइनान्सको १२ करोड ९९ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन पिपुल्स पावर लिमिटेडको ९ करोड १२ लाख ७१ हजार रुपैंया, नेपाल फाइनान्सको ८ करोड २९ लाख ५० हजार रुपैयाँ, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ७ करोड ५४ लाख ५५ हजार रुपैयाँको कारोबार भएको हो ।

आइतबार, ०७ पुस २०८१, १५ : २५

प्रतिक्रिया