सोनापुर मिनरल्सले बोलायो १७ औं साधारण सभा

आइतबार, ०७ पुस २०८१, १५ : ३४

काठमाडौं - सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले १७ औं साधारण सभा बोलाएको छ ।

सभा आगामी पुस २९ गते काठमाडौंको नक्सालमा रहेको लिसारा रिसेप्शनमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको नियमावलीको नियम १६ संशोधन गर्ने, नियमनकारी निकायबाट संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनीको हाल कायम रहेको चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

सभामा गत आव २०८०\८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०र८१ को वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू लगायतका वित्तीय विवरणहरू पारित गरिनुका साथै चालु आव २०८१र८२ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र ४ जना संस्थापक सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ पुस १५ गतेसम्म कायम सेयरधनीहरु मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

आइतबार, ०७ पुस २०८१, १५ : ३४

प्रतिक्रिया