संगीतकार सुनिल मास्केको आधुनिक गीत ‘हाँसीराखन‘’ सार्वजनिक

सोमबार, ०८ पुस २०८१, १० : ३७

काठमाडौं- वरिष्ठ संगीतकार सुनिल मास्केद्वारा संगीतबद्ध सुगम संगीतमा आधारित नयाँ आधु्निक गीत ‘हाँसीराखन‘’ सार्वजनिक भएको छ ।

यो गीतमा गायिका मोनिका राईको स्वर सुन्न सकिन्छ भने गीतका शब्दहरु नरेश भट्टराईले रचना गरेका छन् । भट्टराई लोकप्रिय सञ्चारकर्मीसमेत हुन् । यो गीतमा प्रदीप श्रेष्ठको संगीत संयोजन तथा किशोर थापाको मिस्किङ्ग रहेको छ ।

गीतकार भट्टराई तथा संगीतकार मास्केले यसअघि पनि विभिन्न गीतहरुमा सहकार्य गरिसकेका छन् । नेपाली सांगीतिक क्षेत्रमा सिडी एल्बम निकाल्ने पहिलो संगीतकर्मीको रुपमा स्थापित मास्के सांगीतिक क्षेत्रमा करियर बनाउन चाहने प्रतिभाशाली युवा–युवतीलाई अवसर दिने संगीतकारको रुपमा समेत चिनिन्छन् ।

गीतको भिडियोमा गायिका मोनिका राईलाई प्रस्तुत नै प्रस्तुत गरिएको छ । गायनमा अब्बल राई अभिनयमा पनि पारंगत देखिएकी छिन् । उनले अभिनय क्षेत्रमा समेत करियर बनाउन सक्ने सम्भावनालाई जीवितै राखेकी छिन् ।

युवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा निशल पौडेलको छायांकन तथा लोकेन्द्र सुब्बाको सम्पादन रहेको छ । यो गीतको भिडियो संगीतकार मास्केको आधिकारिक यूट्युब च्यानल एस म्युजिकबाट सार्वजनिक गरिएको हो ।

 

सोमबार, ०८ पुस २०८१, १० : ३७

प्रतिक्रिया