काठमाडौं - हिमाल वाटर पार्क एन्ड भिलेज होटल लिमिटेडले आइपीओ निष्काशन गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा कम्पनीले रजिस्टर्ड कार्यालय, विरगञ्ज महानगरपालिका, पर्सामा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेस गर्नेछ ।
साथै, आर्थिक वर्ष २०८०\८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान र लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
प्रतिक्रिया